logo-img

चार संसदीय समिति बैठक आज, विपद् जोखिम न्यूनीकरणको लागि भावी कार्य योजना बारे छलफल गरिने

संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि समितिले बोलाएको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि दिउँसो १ बजे बस्ने गरी राखिएको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेटबारे छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, प्रतिनिधि सभाको बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाबारे छलफल हुनेछ । 

दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने समितिबाट हुने अनुगमनका सम्बन्धमा समितिले छलफल गर्न लागेको जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार ९:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया