logo-img

यस वर्षको आइसिटी अवार्ड डेटा हबलाई

यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो । 

डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो । यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ । 

विगत एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आइएनजीओ, आईसीटी कम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

कम्पनीले गुगल, फेसबुक, अकामाई जस्ता विश्व प्रशिद्ध संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको छ । क्लाउड सर्भिसको लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एति क्लाउड पनि सञ्चालनमा रहेको छ । 

सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मा पनि निरन्तर सेवा प्रवाह गरेको डेटा हबले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । 



सुरक्षाका लागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटा हबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ भने काठमाडौं र बुटवल र्याकको क्षमता बढाउँदै गएको छ । कम्पनीले ५० जना बढीलाई रोजगारी दिइरहेको छ । 



  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार ११:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया