logo-img

खेलकुद क्षेत्र नेपालको ठूलो आयामको रुपमा विकास भएको छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा विकास गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम उनले देशमा अहिले युवा पुस्तामा खेलतर्फ अत्यन्तै आकर्षण बढेको भन्दै सबै नेपालीलाई खेल क्षेत्रमा लाग्न पनि आग्रह गरे । 

उनले भने,‘नेपाल खेलकुदमा धेरै अगाडि बढेको देश हो । हाम्रो देशमा अहिले युवा पुस्तामा खेलप्रति अत्यन्तै आकर्षण बढेको देखिन्छ । पार्टीका सबै साथीहरूलाई खेलकुदप्रति बढी आकर्षित गरेर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास छ । खेलकुद नेपालको बहुत ठूलो आयाम हो । महत्त्वपूर्ण विधाको रूप पनि यसले लिन सकेको त्यसैले सबै दाजुभाइहरूलाई यसमा लाग्न पनि अनुरोध गर्दछु ।’

उनले नेपाली कांग्रेसमा धेरै चुनौतीहरू रहेको भन्दै चुनौतीहरूको सामना गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १२:९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया