logo-img

सरोकार समितिमा गृहमन्त्रीको प्रस्ताव- सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि सारौँ

गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रबार सिंदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले इच्छा हुने हो भने सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि बढाउन सकिए विपद्बाट नागरिकको जीवन बचाउन सकिने बताए । 

उनले बजेट जसरी भए पनि व्यवस्थापन हुने भएकाले यस्तो अवधारणा आवश्यक रहेको औँल्याए । उनले भने,‘इच्छाशक्ति नहुनु र बजेट नहुनु दुई अलग कुरा हुन् । इच्छा हुने हो भने बजेट जसरी नि म्यानेज हुन्छ जस्तो लाग्छ । हामीसँग केही अवधारणा छन् त्यसमा सहयोग चाहिएको छ । समितिको सातै प्रदेशमा विपद्को लागि एयर एम्बुलेन्स आवश्यक हुन्छ । नागरिकको ज्यान बचाउने कुरा हो । सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा आवश्यक छ । विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू जुटाउनुपर्ने हुन्छ त्यो बेला हामीसँग बजेट छैन  भन्ने कुरा हुँदैन ।’

उनले सरकार फेरबदल संसारमा जहाँ पनि हुने भन्दै सरकार फेरबदलले नागरिकहरूको जीवनमा कुनै प्रभाव नपार्ने बताए । जुनै सरकार भए तापनि  नागरिकका आधारभूत आवश्यकता र मौलिक हक रक्षा गर्ने कुराहरू नै पहिलो प्राथमिकता बन्ने उनको भनाई छ । 

उनले भने,‘सरकार फेरबदल भन्ने कुरा संसारमा जहाँ पनि हुन्छ हामीभन्दा पनि अस्थिर देशहरू छन् । राजनीतिक रूपमा एकदमै अस्थिर छन् । कहिले कति बेला सरकार ढल्ने हो बन्ने हो भन्ने कुरा थाहा हुन्न  । तर आम नागरिकहरूको जीवनमा त्यसले कुनै प्रभाव पारेको हुँदैन । किनकि नागरिकका आधारभूत आवश्यकताका कुराहरू मौलिक हक रक्षा गर्ने कुराहरू जे सुकै भए पनि त्यो पहिलो प्राथमिकता बन्छ ।’ 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १३:४८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया