logo-img

प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुन्छ : संचारमन्त्री शर्मा
फाइल तस्बिर

सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पनि प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको भन्दै अब पनि बद्लिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक रहेको बताइन् । 

उनले भनिन्,‘राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिना राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अगाडि बढ्दै आएको छ । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बद्लिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न अझै पनि आवश्यक छ ।’

उनले वर्तमान सरकारले अगाडि बढाएको सुशासनको प्रवर्द्धनमा नेपालको पत्रकारिता क्षेत्रले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताइन् । प्रेस स्वतन्त्रलाई थप सुनिश्चित गर्ने गरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको उनको भनाई छ ।  





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १५:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया