logo-img

इच्छाशक्ति हुने हो भने बजेट आफैँ व्यवस्थापन हुन्छ : उपप्रधानमन्त्री लामिछाने
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताएका छन् । 

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भने, ‘इच्छाशक्ति हुने हो भने बजेट आफैँ व्यवस्थापन हुन्छ । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ । त्यसबेला बजेट छैन भन्ने कुरा आउँछ । नागरिकको ज्यान जोगाउने कुरा हो । बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद आउँदा तत्काल उद्धार गर्नेहरू लामो समयसम्म थन्किएका छन् । प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ । सरकारका तर्फबाट प्रयास गरी नै रहेका छौँ । एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौँ ।’

उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताए । ‘विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे बृहत् छलफल हुनुपर्छ । आवश्यक स्रोतहरू उपलब्ध गराउन सरकार तयार छ ।’  





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १५:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया