logo-img

झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, एकजना पक्राउ
फाइल तस्बिर

झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रबार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन् । उनको हाल अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । गोली प्रहार गर्ने सिराहाका अमितकुमार यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यता गोली प्रहार भएको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन ।    
 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १६:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया