logo-img

मन्त्री जोशीको गुनासो : सरकारले नवप्रवर्द्धन कार्यक्रममा छुट्याएको ८८ करोड निकास गरेन
फाइल तस्बिर

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सरकारले नवप्रवर्द्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकासा नगरेको भन्दै गुनासो गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उक्त कार्यक्रमका लागि विभिन्न मापदण्डबाट १ सय ४ वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण पनि दिएको भन्दै बजेटको लागि हारगुहार गर्दा पनि निकासा हुन नसकेको बताए ।

‘सरकारले नव प्रवर्द्धन कार्यक्रममा भनेर ८८ करोड बजेट छुट्याएको थियो । त्यसमा हामीले १ सय ४ वटा पालिकालाई विभिन्न मापदण्डबाट छनोट गरेको थियौँ । उहाँहरूलाई अभिमुखीकरण पनि दियौँ । ८८ करोड रुपैयाँ मध्य अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । धेरै हारगुहार गर्‍यौं अर्थमन्त्रालय नाई पनि भन्दैन, दिन पनि दिँदैन । साउनमा पछि निकासा सदनुपर्ने बजेट अहिलेसम्म दिएको छैन । सफल भएको छैन,’ जोशीले भने । 

उनले संघीय निजामती सेवा ऐन देशभरी नै सुशासन कायम गर्ने विधेयक भएकाले चाँडो पास गर्नुपर्ने बताए । देशव्यापीरूपमा कर्मचारीको व्यवस्थापन असाध्यै अप्ठ्यारो भएको भन्दै विधेयकलाई राजनीतिकरूपमा सहमति गरेर आउँदो अधिवेशनमा पहिला यसलाई समितिमा ल्याएर छलफल गरी पारित गर्नुपर्ने बताए । 

‘संघीय निजामती सेवा ऐन शंसोधन त परिसक्यो  अब त्यो समितिमा आउन बाँकी छ । यो विधेयक अलि महत्वपूर्ण नै छ । अहिले देशभरी नै सुशासन कायम गर्ने यो विधेयकलाई चाँडो पास गर्नुपर्ने छ । अहिले जति पनि कर्मचारीको समस्या आउँछन् । कानुनअन्तर्गत त्यसको समाधान गर्ने उपाए छैन । देशव्यापीरूपमा कर्मचारीहरूको व्यवस्थापन यति अप्ठ्यारो छ । त्यसैले यो विधेयकलाई राजनीतिक रुपमा सहमति गर्नुपर्ने छ । आउँदो अधिवेशनमा पहिला यसलाई समितिमा ल्याएर पारित गर्नुपर्छ,’ मन्त्री जोशीले भने । 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १७:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया