logo-img

भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा, के छ कार्यसूची ?

भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड नेपाल आइपुगेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा चन्द्रचुड नेपाल आएका हुन् । 

चन्द्रचुड शनिबार काठमाडौंमा हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यसूची छ । शनिबार साँझ नै उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका रहेको छ । 

भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन् । चन्द्रचुड आइतबार स्वदेश फिर्ता हुनेछन् । 
 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १८:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया