logo-img

आइसिसी वरीयतामा खस्कियो नेपाल, क्यानडाभन्दा पनि पछि पर्‍यो
फाइल तस्बिर

आइसिसी क्रिकेट वरीयतामा नेपालको स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल टी–२० र एकदिवसीय दुवै वरीयतामा खस्किएको हो । 

टी–२० आईमा यसअघि १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ तथा एकदिवसीयमा पहिले १५ औँमा रहेको नेपाल ताजा वरीयतामा १७ औँ स्थानमा झरेको हो । 

हालै एसिया कपमा स्थान बनाएको यूएई एक स्थानमाथि उक्लँदै १६ औँ स्थानमा पुगेको छ । नयाँ वरीयतामा क्यानडाले पनि सुधार गरेको छ ।

ऊ नयाँ ओडिआई वरीयतामा १५औँ स्थानमा उक्लिएको छ । टी–२० र एकदिवसीयको दुवै वरीयतामा भारत तथा टेस्टतर्फ अस्ट्रेलिया शीर्ष स्थानमा छ । 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १८:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया