logo-img

बागमती प्रदेशसभा बैठक आह्वान गर्न सरकारलाई सर्वदलीय बैठकको अनुरोध
फाइल तस्बिर

बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही ३१ वैशाखमा बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशसभा अन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए । 

उनले प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका नेता र प्रमुख सचेतकबीच यही ३० वैशाखमा विभिन्न पाँच समितिको सभापतिको निर्वाचनलाई आपसी सहमति कायम गरी सम्पन्न गर्ने सहमति भएको जानकारी दिए । 
    
सभामुख पाठकको आह्वानमा आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । प्रदेशसभाको हिउँदे अधिवेशन यही १२ वैशाखको रातिबाट अन्त्य गरिएको थियो ।  





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार २०:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया