logo-img

विश्वकपका लागि वेस्ट इण्डिजको टिम घोषणा, नेपाल भ्रमणमा रहेका तीन खेलाडी पनि समावेश

आयोजक वेस्ट इण्डिजले आसन्न टी–२० विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ । वेस्ट इण्डिजले आज​ रोभम्यान पावेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

वेस्ट इण्डिज क्रिकेट बोर्डले विश्वकप टिममा नेपाल भ्रमणमा रहेका जोनसन चार्ल्स, रोस्टन चेस र गुडाकेश मोतीलाई पनि मौका दिएको छ । आउँदो १ जुनदेखि सुरु हुने विश्वकपमा वेस्ट इण्डिजले पहिलो खेल २ जुनमा पपुवा न्यूगिनीविरुद्ध खेल्नेछ ।   

वेस्ट इण्डिजको विश्वकप टिम : रोभम्यान पावेल (कप्तान), अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाइ होप, अकेल होसेन, शमार जोसेफ, ब्रेण्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफन रदरफोर्ड र रोमारियो शेफर्ड ।  
 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार २०:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया