logo-img

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : दोस्रो आवधिक योजना अवधारणापत्र स्वीकृत

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको वैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री  एवं सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए ।

यसैगरी, बैठकले इलाम, ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, खोटाङ र भोजपुर जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय भएको उनले बताए । 

यस्तै, प्रहरी चौकी भवनको मर्मतसम्भार गर्ने निर्णय स्वीकृत गरिएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फोहोरमैला रणनीति साझेदारी कार्यविधि २०८० स्वीकृत भएको छ । 

उदयपुरको कटारी अस्पताललाई ५० शय्याको प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने प्रस्तावलाई स्वीकृत गरिएका छ भने पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७९/८० मा भुक्तानी छुट भएका तीनवटा योजनाको रकम भुक्तानी दिने निर्णय गरेको प्रवक्ता मन्त्री राईले बताए । 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार २१:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया