logo-img

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टिमको बिदाइ

अर्को महिना अमेरिका र वेस्ट इण्डिजमा हुने आइसिसी टी–२० विश्वकप खेल्ने टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाली टिमको बिदाइ गरिएको हो ।

नेपालको टोली भोलि (शनिबार) राति वेस्ट इण्डिज जानेछ । बिदाइ कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतको सहभागिता थियो । 

आसन्न विश्वकप १ जुनदेखि सुरु हुनेछ । नेपालले विश्वकपमा पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यसपछि नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । 

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी । 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार २२:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया