logo-img

आगलागी हुँदा २५ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।
 
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र पाँच लाख रुपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए । 

 स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन्  ।  





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार ८:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया