logo-img

उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन् । 

प्रेस चौतारी नेपालले आज अछाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।

उनले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्धि नआउने बताए । मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे । 

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए ।

उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए ।  





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार ११:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया