गत शनिबार आएको आँधीपछिको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ । यस्तै, अझै ७४ जना बेपत्ता छन् ।
ब्राजिलको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।
बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अहिले करिब ५ लाख मानिस स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् ।
बाढीका कारण त्यहाँका २ सयभन्दा बढी सहर प्रभावित भएका छन् । हावाहुरीका कारण पनि धेरै ठाउँमा क्षति पुगेको छ ।
बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।