logo-img

अफगानिस्तानमा बाढी : १४ जनाको मृत्यु

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको मृत्यु भएको छ । अफगानिस्तानको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण १ सय ४० आवासीय घर क्षतिग्रस्त भएका छन् । यस्तै, २ हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ । 

बाढीले आवासीय घर पूर्ण वा आंशिकरूपमा क्षतिग्रस्त भएका छन् । यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायीरूपमा अवरुद्ध भएको बताए । 

‘बाढी र भूस्खलनका कारण अस्थायीरूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरू खुलाउने काम भइरहेको छ,’ उनले भने । 

निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ । बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुल नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाए ।

बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकार समक्ष स्थानीयवासीले अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १३:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया