logo-img

राष्ट्रपतिमा पाँचौँपटक शपथ लिएपछि पुटिनले भने– शत्रु देशसँग पनि सम्बन्ध सुधार्छौं

रुसको राष्ट्रपति पदमा भ्लादिमिर पुटिनले पाँचौँपटक शपथ लिएका छन् । पुटिनले मंगलबार राजधानी मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा भएको शपथ ग्रहणका क्रममा उनले आफ्नो दाहिने हात संविधानको विशेष प्रतिलिपिमा राखेका थिए।

यो त्यही ठाउँ हो जहाँ रूसको जार परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्जेन्डर तृतीय र निकोलस द्वितीय)ले राज्याभिषेक लिएका थिए । 

३३ शब्दको शपथ लिएपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्नेछौँ। हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेछौँ। जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्नेछु।’

राष्ट्रपतीय निर्वाचनमा पुटिन ८८ प्रतिशत मतसहित निर्वाचित भएका थिए । रुसमा मार्च १५–१७ मा भएको उक्त निर्वाचनमा उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाए ।

पुटिनले यसअघि सन् २००० मा पहिलोपटक राष्ट्रपति पदको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

शपथपछिको सम्बोधनमा पुटिनले पश्चिमा मुलुकसँग वार्ताका लागि तयार रहेको बताए ।



पश्चिमी देशहरूले लगातार रूसको विकासलाई रोक्न खोजेको उनको भनाई छ । तर, युरोप र एसियाका सहयोगीहरूसँग बहुध्रुवीय विश्व व्यवस्थाका लागि काम गरिरहने पुटिनले बताए ।



  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १८:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया