logo-img

राष्ट्रसंघका महासचिव भन्छन्- ‘रफाहमाथिको प्रत्याक्रमण रणनीतिक गल्ती’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण ‘रणनीतिक गल्ती’ हुने चेतावनी दिएका छन् ।

रफाहमाथि आक्रमण एक रणनीतिक भूल, राजनीतिक विपत्ति र अमानवीय कार्य हुने गुटेरेसले ट्विटरमा पोस्ट गरिएको भिडियोमा उल्लेख गर्नु भएको छ । उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायल–हमास युद्ध रोक्न अपिल गरे । 

उनले इजरायलमाथि प्रभाव राख्ने सबै मुलुक एवं व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न आग्रह समेत गरेका छन् । महासचिव गुटेरेसले यो समय युद्धरत पक्षहरुलाई सम्झौतामा ल्याई युद्ध अन्त्य गर्ने उपयुक्त समय भएको पनि उल्लेख गरे । 

मानवीय युद्धविराम, बन्धकहरूको बिनाशर्त रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढावा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्रसङ्घीय प्रमुखको भनाइ छ ।  

प्यालेस्टिनी सिभिल डिफेन्सको रिपोर्ट अनुसार मङ्गलबार रफाहमा इजरायलले गरेको हवाई आक्रमणका कारण धेरै हताहत र घाइते भएका छन् । प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी डब्लुएएफएले रफाहमा गरिएका दुईवटा आक्रमणमा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया