logo-img

तनहुँको भिमादमा चलचित्र निर्माण कार्यशाला

तनहुँको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सकिएको छ । 

दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवर्द्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ । 

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो । कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका–२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवर्द्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताए ।     

पाँचदिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियो भने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी भएका थिए । 

२५ सहभागीमध्येबाट छनोट भएका छवटा कथा समेटेर रघुगाउँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो ।  





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया