logo-img

इरानी चलचित्र निर्देशक मोहम्मदलाई ८ वर्षको जेल सजाय

इरानी निर्देशक मोहम्मद रसूलोफलाई इरानी अदालतले ८ वर्षको जेल सजाय सुनाएको छ । जेल सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश दिएको छ ।

रसूलोफका वकिल बाबाक पकनियाले बुधबार एक्स (ट्विटर) मा एक पोस्ट लेख्दै अदालतको आदेशबारे जानकारी दिएका छन् । पकनियाका अनुसार अदालतको फैसला इस्लामिक रिवोल्यूशन कोर्टको २९ औँ शाखाद्वारा जारी गरिएको थियो र आइना कोर्ट अफ अपिल्सको ३६ शाखाले यसको पुष्टि गरेको थियो ।

पकनियाले अदालतले रसूलोफको सार्वजनिक अभिव्यक्ति, उनका फिल्म र वृत्तचित्रले देशको सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्यअनुरूप रहेको कारण जनाउँदै अदालतले आदेश दिएको बताए ।

रसूलोफलाई सजाय ‘कान फिल्म फेस्टिभल’ अगाडि नै सुनाइएको हो । यो फेस्टिभलमा उनको नयाँ फिचर फिल्म ‘सीड अफ द सेक्रेड फिग ट्री’को विश्व प्रिमियरका लागि तयारी गरिएको थियो । फेस्टिभल आयोजक इरानी अधिकारीले निर्देशकलाई फेस्टिभलका लागि फ्रान्सको यात्रा गर्ने अनुमति दिने आश्वस्त भइरहँदा अदालतले यो सजाय सुनाएको हो ।

रसूलोफ ईरानी फिल्म उद्योगमा तेहरानका कट्टर शासनको सबैभन्दा कडा आलोचकमध्ये एक हुन् । उनलाई सन् २०२२ जुलाईमा लोकप्रिय विरोध प्रदर्शनको सम्बन्धमा सुरक्षाबलसँग संयम अपनाउने माग गर्ने एक निवेदनमा हस्ताक्षर गरिएको आरोपमा पक्राउ गरिएको थियो ।

२०२३ को फेब्रुअरीमा उनलाई स्वास्थ्य अवस्थाका कारण अस्थायीरूपमा रिहा गरियो । सोही समयदेखि उनी घरमै नजरबन्द थिए । गत वर्ष ‘कान्स’ मा उनलाई आफ्नो अन सर्टेन रिगार्ड जुरीमा काम गर्नका लागि निमन्त्रणा गरिएको थियो । तर, रसूलोफलाई इरान सरकारले त्यहाँ जान अनुमति दिएन । 





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया