logo-img

यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन
फाइल तस्बिर

यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्म ५१ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालू आव २०८०÷८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार ३ सय ९१ रुपैयाँ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए । 

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार ९ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार ९ सय ८ रुपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ४५ लाख ६ हजार ५ सय २५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यस्तै, चालू आवमा कार्यालयको बेरुजू रकम १ लाख १८ हजार ८ सय रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । यस्तै, यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट   ६३ करोड ९४ लाख ३० हजार ४ सय १४ रुपैयाँ राजश्व सङ्कलन गरेको उनले बताए । जसअन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी ४७ करोड १७ लाख ७२ हजार १ सय ४४ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २० हजार राजश्व सङ्कलन गरेको थियो । 

यस्तै, चालक अनुमति पत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १५ करोड ४२ लाख ७६ हजार ७ सय २५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट १ करोड २२ लाख ६ हजार ५० र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ९ लाख ९२ हजार १५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यस आर्थिक बर्षमा बेरुजू रकम १ लाख ६३ हजार ४ सय ८० रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । 

यस्तै, कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न राजश्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । रासस  
 





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया