logo-img

अफगानिस्तानको बदख्सान प्रान्तमा विस्फोट : तीनको मृत्यु, पाँचजना घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ । यस्तै, घटनामा पाँचजना घाइते भएको टोलो न्युजले जनाएको छ ।

तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो । 

प्रारम्भिक जानकारी अनुसार घटनामा तीनजना सुरक्षा बलका सदस्यको मृत्यु हुनुका साथै अन्य पाँचजना घाइते भएका मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए । 

यसैबीच, बदख्सानका नागरिकले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे ।​ बुधबार भएको उक्त घटनाको अहिलेसम्म कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।   





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया