logo-img

‘पुजार सार्की’मा फरक, जटिल र महत्वपूर्ण भूमिकामा छु : पल शाह

अभिनेता पल शाह यतिबेला फिल्म ‘रावायण’को छायांकनका लागि जनकपुर र सर्लाहीमा छन् । उनी अभिनित फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेबाट दर्शकमाझ आउँदै छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको ट्रेलरमा निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील तवरले देखाइएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । फिल्ममा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई फिल्म हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है ।’

उनले फिल्मको ट्रेलरलाई एक दिनमा नै दश लाखपटक हेरेकोमा खुसी व्यक्त गरेका छन् । ‘म अर्को फिल्म ‘रावायण’को छायांकनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिनँ, त्यसको लागि क्षमा चाहन्छु,’ शाहले लेखेका छन्, ‘मैले यो चलचित्रमा अन्य चलचित्रभन्दा निकै फरक, जटिल र महत्वपूर्ण भूमिकामा अभिनय गरेको छु । ट्रेलरबाट तपाईंले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु ।’

उनले आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर सेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा लेखेका छन्, ‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु । यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्वपूर्ण भूमिका भने रहेको छ ।’

दिनेश राउतको निर्देशन रहेको फिल्ममा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बूलगायतको अभिनय रहेको छ । यसका लेखक विकास सुवेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् ।
 





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया