logo-img

‘हीरामण्डी’मा एक सटका लागि मनीषाको सात घण्टा

निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ । यो एक पिरियड ड्रामा सिरिजमा कैयौं कलाकारको अभिनय छ । 

नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ । सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन् । उनले हालै आफ्नो अनुभव शेयर गरेकी छन् ।

मनीषाका अनुसार उनले सिरिजमा धेरै मिहिनेत गरेकी छन् । ‘सुरुवाती दृश्य सबैभन्दा कठिन थियो, जुन समयमा मैले आफ्नो पात्रको सही सुर निकाल्न पाइरहेकी थिइनँ । म पात्रको स्वर बुझ्ने प्रयासमा थिएँ । मैले निकै गृहकार्य गरें र मल्लिका खानको शारीरिक हाउभाउको बारेमा पढें । यौनकर्मीको भूमिका निभाउनु एक ठूलो चुनौती थियो । अर्को कुरा मलाई उर्दू बोल्न पनि आउँदैन थियो’, उनले भनेकी छन् ।

मनीषा अगाडि भन्छिन्, ‘हीरामण्डीमा एक सट सही दिनका लागि म सात घण्टासम्म सेटमा बस्थें । यसपछि १२ घण्टाको सुटिङ पछि भन्सालीसँग मैले आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरें ।’

मनीषाका अनुसार भन्सालीलाई हरेक दृश्य उत्कृष्ट होस् भन्ने थियो । त्यसकारण पनि कुनै प्रकारको कमी नहोस् भन्नका लागि उनी मेहनत निकै गर्थिन् । 

यो सिरिजमा सोनाक्षी सिन्हा, मनीषा कोइराला, ऋचा चड्ढा, संजीदा शेख, शर्मिन सहगल, अदिति राव हैदरी, ताहा शाह बदुशाह, शेखर सुमन र अध्ययन सुमन जस्ता कलाकारको अभिनय छ ।
 





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया