logo-img

बजेट अधिवेशन : प्रतिपक्षी दलप्रति सत्ता गठबन्धन सतर्क
प्रमुख सचेतकहरुसँग सभामुखको परामर्श

सभामुख देवराज घिमिरेले संसदको बजेट अधिवेशन सञ्चालन र अर्थ मन्त्रालयसँग सम्बन्धित भन्सारको महसुलसम्बन्धी विधेयकका विषयमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । 

बिहीबार सिंदरबारमा भएको छलफलमा शुक्रबार नै कार्य व्यवस्थासँग सम्बन्धित बैठक समेत परेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

एमाले सचेतक महेश बर्तौलाले भोलिदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा समेत छलफल भएको बताए । 

उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न मागहरु राख्दै सदन अवरोध गर्दै आएको छ । यो मागलाई भोलिको बैठकमा कसरी राख्छ भन्ने विषयमा छलफल भएको छ । आम रूपमा भोलिको बैठकलाई कसरी व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूची नराख्ने र शीर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने कार्यसूची राख्ने निर्णय भएको छ ।’

अन्य कुनै कार्यसूची नभएका कारण भोलिको बैठकमा कांग्रेसले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । यद्यपि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफलकै क्रममा ‘बैठक सुरु भएपछि बताउँछौँ,’ भन्ने खालको प्रतिक्रिया दिएको उनको उल्लेख गरे ।





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया