logo-img

स्विट्जरल्याण्डले नेपाललाई ९.०१ मिलियन स्विस फ्रयांक सहयोग गर्ने

 स्विस सरकारले नेपालमा पर्यटन प्रवर्द्धनका लागि लागि ९.०१ मिलियन स्विस फ्रयांक आर्थिक सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउलीले पदयात्रामा आधारित पर्यटन परियोजनामा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । 

यसै वर्षदेखि सुरु हुन लागेको चारवर्षे परियोजनाले कोशी प्रदेशका २९ स्थानीय तहका करिब १ लाख स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखेको छ ।

यस परियोजनाले स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पर्यटन अभ्यासहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा राजदूत मेउलीले आयोजनाले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्न कोसे ढुंगाको रुपमा काम गर्ने विश्वास व्यक्त गरिन् । 

उनले आयोजनाको कार्यान्वयनले वातावरणमैत्री सामाजिक–आर्थिक प्रगतिमा उल्लेख्य योगदान पुग्ने बताइन् । 



अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सन् २०२८ सम्म चल्ने यस आयोजनाले १६ वटा पदमार्ग निर्माणका लागि कोसेढुंगा साबित हुने बताए । 

यस परियोजनाले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र साना तथा मझौला उद्योगको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । 



  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया