logo-img

मधेश सरकारबाट बाहिरिने एमाले र माओवादीको तयारी

नेकपा एमाले र माओवादीले मधेश सरकारबाट बाहिरिने तयारी गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएपछि उनीनिकट मुख्यमन्त्री सरोजकुमार यादवलाई अल्पमतमा पार्न एमाले र माओवादीले सरकार छाड्ने तयारी गरेका हुन् । 

यी दुई दल प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । एमाले र माओवादीबीच बिहीबार जनकपुरमा नयाँ सरकार गठनबारे वार्तासमेत भएको बताइएको छ । 

यादव नेतृत्वको सरकारलाई अहिले एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन छ । मधेश प्रदेश सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । 

एमालेका २५, माओवादीका ९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ सांसद छन् । जसपा नेपालका १९ सांसद भए पनि विभाजनका कारण नवगठित जसपामा कति सांसद जान्छन् भन्ने टुंगो छैन । विपक्षमा रहेका कांग्रेसका २२, जनमतका ९ सांसद छन् ।





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया