logo-img

आमाबाबु बन्दै जस्टिन-हेली

क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । यो जोडीले एक भिडियो र तस्बिर इन्स्टाग्राममा शेयर गर्दै आफूहरू आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । 

तस्बिर र भिडियोमा २७ वर्षीया हेलीलाई सेतो लेस पहिरनमा देख्न सकिन्छ । उनीहरूलाई अमेरिकी रियालिटी स्टार किम कार्दासियन र मोडल गिगी हदिदले इन्स्टाग्राममार्फत् बधाइ दिएका छन् । हेली र ३० वर्षीय जस्टिनले सन् २०१८ मा न्यूयोर्कमा निजी समारोहमा विवाह गरेका थिए ।

हेलीका प्रतिनिधिले उनी ६ महिनाको गर्भवती रहेको बताएका छन् । हेली अभिनेता स्टेफेन बेल्डविनकी छोरी हुन् । 

१३ वर्षमा गायक बनेका जस्टिन गीत ‘बेबी’, ‘लभ मी’ र ‘यमी’का कारण विश्वमाझ चर्चित बने । हेली स्किनकेयर लाइन रोधेकी संस्थापक पनि हुन् ।

गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो । 
 





  • प्रकाशित मिति : वैशाख २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया