logo-img

एकैदिन प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आजका लागि तेजाबी सुन १ लाख ३७ हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदी आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला १ हजार ६ सय ८५ मा तोकिएकोमा आज चाँदी १ हजार ७ सय ३५ रुपैयाँ  निर्धारण भएको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया