logo-img

पोखराबाट सुरु भयो फिल्म ‘एक्टर’को छायाङ्कन

 फिल्म ‘एक्टर’को छायाङ्कन शुक्रबारबाट सुरु गरिएको छ । पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । पूजामा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का र नवनायिका दिव्या रायमाझी उपस्थित थिए ।

राजन भुसालको निर्देशन रहने फिल्ममा प्रदीप र दिव्यासँगै आना शर्मा, राज वल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्मको केही दिनअघि भैंसीपाटीस्थित कार्य विनायक मन्दिरमा वैदिक विधि अनुसार पूजापाठसमेत गरिएको थियो ।

पोखरामा फिल्मको छायाङ्कन १० दिनसम्म हुनेछ । त्यसपछि एक महिनासम्म काठमाडौंमा छायाङ्कन हुनेछ । थमनकुमारी भण्डारी फिल्मकी निर्माता हुन् । 

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन हुनेछ । फिल्मको लाइन प्रोड्युसर तोरन क्षेत्री हुन् । फिल्म आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुनेछ । 





  • प्रकाशित मिति : वैशाख २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया