logo-img

साझा धारणा बनाउन मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्नेगरी आज बैठक आह्वान गरेका हुन् ।

कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । ‘समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो,’ उनले भने, ‘एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरिएको हो ।’
 
मुख्यमन्त्री कँडेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसहित तीनजना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताए । 

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । 

नीतिगत व्यवस्थाअनुसार कर्णाली प्रदेश सरकारले जेठमा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउनेगरी तयारी थालेको छ ।





  • प्रकाशित मिति : वैशाख २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया