logo-img

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आइतबार बिहान आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

विभागले देशका केही स्थानमा चट्याङ, हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना रहेकोले  त्यसबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । 



पछिल्लो २४ घण्टामा बाराको अमलेखगन्जमा भारी वर्षा मापन गरिएको छ । त्यहाँ सो अवधिमा १०५.८ मिलिमिटर वर्षा मापन भएको हो ।

त्यस्तै, इलाममा ८८.६,  मोरङको लेटाङमा ८५.४, सर्लाहीको पत्थर कोटमा ८४.८, नवलरपुरको देउरालीमा ९५.२, सप्तरीको बरमझियामा ६८.८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।



नेपालमा हाल पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  

  • प्रकाशित मिति : वैशाख ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया