logo-img

अल्पमतमा परेका मधेसका मुख्यमन्त्रीले गरे मन्त्रिमण्डल पुनर्गठन

अल्पमतमा परेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । 

राज्यमन्त्रीसहित एमाले माओवादीका आठजनाले आइतबारै राजीनामा दिएका थिए । एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा गरेलगत्तै जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । 

एमाले र माओवादीले छाडेका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । 

मुख्यमन्त्रीको साथमा नेकपा एकीकृत समाजवादी मात्र रहेको छ । उनले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यादव अल्पमतमा परिसकेकाले उनले विश्वासको पाउने सम्भावना न्यून छ । 





  • प्रकाशित मिति : वैशाख ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया