logo-img

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय

जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छाड्न दबाब दिएपछि जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएका थिए । 

माओवादीले मधेसको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईलाई फिर्ता बोलाएको थियो । उनीहरूले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका थिए ।  

त्यसलगत्तै उपप्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएको सूत्रले जानकारी दिएको छ । 

एमालेका तर्फबाट मन्त्री रहेकाहरूले पनि आजै राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : वैशाख ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया