logo-img

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । उनले आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् ।

कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलका सांसदले उनलाई  विश्वासको मत दिने देखिएको छ भने जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छन् । 

कांग्रेसले भने प्रदेशसभाको बैठक बहिष्कार गर्ने जनाएको छ । त्यसबारे छलफल गर्न आज बिहान कांंग्रेस प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ । आइतबार कार्यसूची तयार गर्न बसेको बैठकमा कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने निष्कर्ष निकालेको थियो । 

राप्रपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन । कार्की यही २७ वैशाखमा तेस्रोपटक मुख्यमन्त्री बनेका हुन् । 

मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सो रिटमा अदालतले निर्णय दिइसकेको छैन । 





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया