logo-img

जसपा नेपालको केन्द्रीय समिति बस्दै, के गर्ला निर्णय ?

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान  ११ बजे बस्ने बैठकमा महाधिवेशन तयारी, सरकारबाट बाहिरिने/नबाहिरिने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए ।  

मधेसमा जसपाका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यहाँ नेकपा (एमाले)  र नेकपा (माओवादी केन्द्र) का मन्त्रीले राजीनामा दिएका छन् ।

यससँगै संघीय सरकारमा पनि के गर्ने भन्नेबारे जसपा नेपालले केन्द्रीय समितिमै छलफल गर्न लागेको छ । अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

अशोक राई नेतृत्वमा जसपा नेपालका सातजना अलगिएर जनता समाजवादी गठन गरेका थिए । यी समग्र विषयबारे अध्यक्ष यादवले छलफल गरी आवश्यक निर्णय लिन केन्द्रीय समिति बैठक राखेका छन् ।  





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया