logo-img

तोलामा ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने १ लाख ३८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय १५ रुपैयाँ निर्धारण भएको छ ।  





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया