logo-img

प्रचण्ड सरकारबाट बाहिरियो जसपा

सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ । सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो । 

अध्यक्ष यादवले सरकारमा रहेर सत्तासीन दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएकाले प्रचण्ड सरकारबाट राजीनामा दिएको बताएका छन् । 

यद्यपि जसपाले सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिसकेको छैन । त्यसका लागि कार्यकारिणी समिति बैठक बसिराखेको र बैठकपछि निर्णय सुनाइने जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए । 





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया