logo-img

उपचार गर्नुभन्दा रोग लाग्नै नदिने तर्फ लागौँ : मन्त्री श्रेष्ठ

परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए । 

उनले भने, ‘हामीले कस्तो नीति तय गर्ने हो त्यसका लागि आफैँ निर्णय गरौँ । बिरामी हुने अनि उपचार गर्ने हो की सकेसम्म बिरामी नहुने भन्ने विषय आफैँमा निर्भर हुन्छ । अस्पताल, डाक्टर, मेडिसिन र प्रविधिको कुरा नगरौँ । निरोगी रहने प्रयास गरौँ । उपचारका लागि खर्च गर्नुभन्दा स्वस्थ्य रहनका लागि खानपानका लागि व्यवस्था गरौँ ।’

यसको साथै उनले नेपालको गुणस्तर शिक्षा भनेको राम्रो अङ्कमा पास गर्ने, अङ्ग्रेजी बोल्ने र रोजगार सुनिश्चित गर्नेसम्म मात्रै सीमित भएको भन्दै शिक्षा जीविकोपार्जनको साधनको रूपमा प्रयोग गर्न नहुने बताए ।

उनले भने, ‘शिक्षाको मुख्य विषयका बारेमा नै हामीले बहस गर्न जरुरी छ । शिक्षा केका लागि हो, बाँच्नका लागि हो कि जीवनको लागि हो ? शिक्षामा हातमुख जोड्ने साधन मात्रै नसोचौँ । गुणस्तर शिक्षा भनेको राम्रो अङ्कमा पास गर्ने, अङ्ग्रेजी बोल्ने, कर तिर्ने र रोजगार सुनिश्चित गर्नुलाई मात्र गुणस्तर शिक्षा भन्न थालेपछि हाम्रो देश कहाँ जान्छ । शिक्षाको लक्ष्य जीविकोपार्जनको साधन मात्र हुनु हुँदैन ।’





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया