logo-img

पाकिस्तान : शहबाज सरिफद्वारा पिएमएल–एनको अध्यक्ष पदबाट राजीनामा

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । 

उनले पार्टी अध्यक्ष पदबाट आफ्नो राजीनामा पिएमएल–एनका सर्वोच्च नेता नवाज सरिफलाई बुझाए । वरिष्ठ राजनीतिज्ञको राजीनामा आएसँगै पिएमएल–एनले नयाँ अध्यक्षको निर्वाचनका लागि मे २८ मा लाहोरमा महासभा बोलाउने निर्णय गरेको छ । 

एआरवाई न्युजका अनुसार पिएमएल–एनले यसअघि मे ११ मा महासभा आयोजना गर्ने घोषणा गरेको थियो । हालै एक पत्रकार सम्मेलनमा राणा सनाउल्लाहले पिएमएल–एनको पञ्जाब च्याप्टरले नवाज सरिफलाई पार्टीको उपलब्धिहरूमा उनको नेतृत्वको महत्त्वलाई जोड दिँदै पुनः पार्टी अध्यक्षता लिन आग्रह गरेको बताएका थिए । 

पिएमएल–एन पञ्जाब बैठकमा नवाज सरिफसँग यो कठिन समयमा एकपटक पुनः पार्टीको नेतृत्व गर्न आग्रह गर्ने प्रस्ताव पारित भएको उनले जानकारी दिए । 

स्मरणीय छ, सन् २०१८ मा दोषी ठहर भएपछि पूर्वप्रधानमन्त्री नवाज सरिफलाई कुनै पनि सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको थियो । 

यद्यपि, इस्लामाबाद उच्च अदालतले उनलाई नोभेम्बर २९ मा एभेनफिल्ड र डिसेम्बर १२ मा र अल–अजिजिया सन्दर्भमा सफाइ दिएको थियो । रिहा भएपछि पूर्वप्रधानमन्त्री नवाजले सन् २०२४ को आम निर्वाचनमा भाग लिए र एनए–१३० लाहोरबाट निर्वाचित भएर फर्किए । 





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया