logo-img

‘बिग बोस’बाट बिदा भए सलमान खान

भारतमा ओटिटीमा प्रसारण हुने रियालिटी शो ‘बिग बोस’को छुट्टै क्रेज छ । यो शोलाई हेर्न दर्शकहरु निकै चासो दिन्छन् । अब यो सिजनलाई अभिनेता सलमान खानले होस्ट नगर्ने भएका छन् । ‘बिग बोस–३’का लागि निर्माताले तीन अभिनेतालाई होस्टको प्रस्ताव गरेका छन् ।

समाचारअनुसार सलमान एकपछि अर्को फिल्ममा व्यस्त छन् । त्यसकारण पनि उनलाई यो शोलाई समय छुट्याउन समस्या भइरहेको छ । त्यहीकारण निर्माताले सलमानसँग सल्लाह गरेरै उनको स्थानमा नयाँ होस्ट ल्याउने निर्णयमा पुगेका छन् ।

निर्माताले तेस्रो सिजनका लागि सलमानको स्थानमा अनिल कपुर, सञ्जय दत्त र करण जोहरमध्ये कोही एकलाई होस्टका रूपमा भित्र्याउने तयारी गरिरहेका छन् । यो विषयमा निर्माताले सञ्जयसँग कुराकानी गर्ने तयारी गरेका छन् । उता अनिल भने निर्माताको सम्पर्कमा आउन चाहेका छैनन् । यो शोको पहिलो सिजन करण जोहारले होस्ट गरेका थिए । त्यसकारण करणले पुनः होस्ट गर्ने सम्भावना बढेको दाबी सञ्चारमाध्यमको छ ।

शोको पहिलो सिजन दिव्या अग्रवालले जितेकी थिइन् । दोस्रो शो एल्विस यादवले जितेका थिए । तेस्रो सिजनमा अर्याशी शर्मा, शहजादा धामी, प्रतीक्षा होनमुखे, रोहित खत्री, दलजित कौर, अरहान बहल, शिजान खान, मेक्सटर्न, ठगेश, श्रीराम चन्द्रालगायतले सहभागिता जनाउँदै छन् ।





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया