logo-img

सत्तारुढ तीन दलको निष्कर्ष : सहकारी ठगीमा गृहमन्त्रीविरुद्ध छानबिन समिति असम्भव

सत्तारुढ तीन दलका शीर्ष नेताहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्ने कुरा असम्भव रहेकोमा एकमत भएका छन् । 

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको नामै किटेर संसदीय समिति गठनको माग गर्दै आएको छ ।  

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीचको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । 

प्रधानमन्त्रीसहित सत्तारुढ तीन दलका शीर्ष नेताबीच सोमबार सिंहदरबारमा छलफल भएको हो । कांग्रेसले भने उक्त माग पूरा नभए सरकारको नीति तथा कार्यक्रम नै आउन नदिने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेताहरूबीच सहमतिको प्रयास गर्ने, तर कांग्रेसले भने जसरी समिति गठन गर्न नसकिने सहमति भएको हो । 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ । 



मंगलबार प्रधानमन्त्री प्रचण्डले र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर संसद्को अवरोध खुलाउन न्यूनतम सहमति कायम गर्ने विश्वास लिएको बताइएको छ । 



  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया