logo-img

‘रामायण’ को बजेट १ सय मिलियन अमेरिकी डलर

निर्देशक नितेश तिवारीको महत्वकांक्षी प्रोजेक्ट ‘रामायण’ बलिउडमा चर्चामा रहेको फिल्म हो । रणवीर कपूर स्टारर फिल्मको छायांकन सुरु भइसकेको छ । फिल्मको सेटबाट कैयौं तस्वीर पनि सार्वजनिक भएका छन् । 

निर्माण पक्षले फिल्मको पहिलो भाग निर्माणका लागि एक सय मिलियन अमेरिकी डलर खर्च गर्ने तयारी गरेको छ । यो खर्चसँगै ‘रामायण’ भारतीय फिल्मको सबैभन्दा महंगो र महत्वाकांक्षी फिल्म बन्नेछ । निर्माताले यसलाई ग्लोबल तहको फिल्म बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

‘अहिले पहिलो भागलाई एक सय मिलियन अमेरिकी डलर खर्च गर्ने निर्माण पक्षको तयारी हो । यसको फ्रेञ्चाइजीको लागत अझ बढ्नेछ । निर्माताहरु दर्शकलाई भगवान रामको रुपमा रणवीर कपुरलाई भिजुअल ट्रीट दिन चाहन्छन् । त्यहीकारण पनि फिल्मको लागत बढेको हो’, निर्माण पक्षले भनेको छ ।

रणवीर अभिनित सन् २०२२ मा रिलिज फिल्म ‘ब्रह्मास्त्र’ ४ सय ५० करोड रुपैयाँको बजेटमा बनेको थियो । यो फिल्म त्यो समयको सबैभन्दा महँगो बजेटको थियो । ‘रामायण’मार्फत रणवीर आफ्नो रेकर्ड तोड्ने मात्र नभई हिन्दी फिल्मका लागि नयाँ मानक स्थापित गर्ने तयारीमा छन् ।

‘फिल्मलाई ६ सय दिनको पोस्ट प्रोडक्सन कार्यको आवश्यकता छ । फिल्मलाई मौलिक बनाउन निर्माताले यति धेरै पैसा लगानी गर्दैछन्’, निर्माण पक्षले भनेको छ । फिल्ममा ‘केजीएफ’ स्टार यश लंका पति रावण र साई पल्लवी माता सीताको भूमिकामा देखिँदै छिन् । फिल्मका लागि रणवीर सुटिङ अवधिभर शाकाहारी बनेका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया