logo-img

‘मोदीबेनी’ १८ साउनमा रिलिज

फिल्म ‘मोदीबेनी’ आगामी १८ साउनमा रिलिज हुने भएको छ । फिल्मका निर्माता दिलीप केसीले वितरकसँगको सल्लाहअनुसार रिलिज मिति घोषणा गरिएको जानकारी दिए ।

शंकर कोइराला निर्देशित फिल्मले पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई प्रस्तुत गर्नेछ । फिल्मबाट अभिनेताका रूपमा कलाकार अमरप्रताप श्रेष्ठले डेब्यू गरेका छन् । उनको अपोजिटमा वर्षा शिवाकोटी छिन् ।

फिल्मबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । फिल्ममा प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको पनि अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा आनन्दविक्रम क्षेत्रीको लेखन छ । दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

फिल्म रिच इन्टरटेनमेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् । फिल्मको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया