logo-img

‘नेपालको कम्युनिस्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक लोकार्पण

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कम्युनिस्ट आन्दोलनको योगदानलाई समेट्दै परमानन्द भट्टद्वारा लिखित तथा लेखन कुञ्जद्वारा प्रकाशित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तकको लोकार्पण आज काठमाडौंमा एक समारोहका बीच गरिएको छ।

कार्यक्रमको सभापतित्व लेखन कुञ्जका अध्यक्ष कमल ढकालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव सहभागी थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लेखक परमानन्द भट्ट, पुस्तक समीक्षक पवित्रा दाहाललगायत नेकपा एकीकृत समाजवादीका धेरै नेतासमेत उपस्थित थिए।

पुस्तकमा माधवकुमार नेपालको जीवनीसँगै नेपालको कम्युनिस्ट आन्दोलनको लामो इतिहास समेटिएको छ । लेखक भट्टले नेपालको कम्युनिस्ट आन्दोलनका विभिन्न समयलाई गहिरो अध्ययन र विश्लेषणपूर्वक उठान गरेको बताइएको छ ।



सम्बोधनका क्रममा माधव नेपालले इतिहासका प्रत्येक घटनाक्रम र भोगाइहरूलाई लेखेर राख्नु आवश्यक रहेको बताए । उनले भने, ‘जीवनका कुराहरू राम्रोसँग नोट गरिएन भने बिर्सिन्छ, रेकर्ड गरिएन भने बिर्सिन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरूलाई भन्न चाहन्छु, आफूले देखेका, अनुभव गरेका र भोगेका सबै घटनाक्रमबारे लेखेर राख्नु आवश्यक छ ।’



माधव नेपालले नेकपा विभाजन र एकीकृत समाजवादी पार्टी निर्माणमा केन्द्रित रहेर आफूले लेखेको पुस्तक छिट्टै सार्वजनिक गर्ने पनि खुलासा गरे ।

 

  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया