logo-img

ओलीकै कारण एमालेमा बसिरहने अवस्था रहेन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफू अझै पनि एमालेमा रहन चाहेको, तर आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको बताएका छन्। पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको उनको भनाइ छ । 

मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । ओलीकै कारण एमालेमा बसिरहने अवस्था नरहेको नेता रावलको भनाइ छ । 

रावलले भनेका छन्, ‘पार्टीलाई एकताबद्ध बनाउने विषयमा जाने हो भने अहिले पनि मेरो पहिलो प्राथमिकता र पहिलो विकल्प भनेको नेकपा एमाले नै हो।’ आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरेको उनको गुनासो छ । 

वैशाख ८ र ९ गते ललितपुरमा भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निमन्त्रणा नदिएको भन्दै रावलले पार्टीप्रति रोष व्यक्त गर्दै आएका​ छन् । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया