logo-img

शेखर कोइरालाको चिन्ता : १६ औँ योजना वर्ष पनि खेर जाने सम्भावना छ
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगतका योजना असफल भएकाले आउँदो १६ औँ योजना पनि असफल हुने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले आउँदो योजनालाई सफल बनाउन सुझाव पनि दिएका छन् । ‘पुरानै असफल कार्यक्रमको सँगालोको निरन्तरताले कतै फेरि सोह्रौँ योजना वर्ष पनि खेर जाने त हैन ? शंका बढ्यो । अझै समय छ, सुधारौँ, नयाँपनमा जाऔँ ।,’ कोइरालाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले नयाँ पञ्चवर्षीय योजनाको आधार वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा विकासको गति बढाउने कार्यक्रम अपेक्षित रहेको पनि उल्लेख गरेका छन् ।

कोइरालाले योजनालाई नयाँपन दिनसमेत सुझाव दिएका छन् ।  





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया