logo-img

क्यानले आफ्नै खर्चमा सन्दीपलाई विश्वकप खेल्न पठाउने

नेपाल क्रिकेट संघ(क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै सन्दीपले विश्वकप खेल्न पाउने भएका हुन् । 

विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने आइसिसीको नियम छ । सन्दीपलाई विश्वकपमा पठाउनका लागि अन्तिम १५ बाट एकजना हटाउनुपर्छ । 

कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले कसलाई हटाउने निर्णय गर्न पाउँछन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार क्यानले सन्दीपको खर्च ब्यहोरेर उनलाई विश्वकपमा पठाउने तयारी गरेकाे छ । 

'भोलिसम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौँ,'उनले भने, 'हामी शतप्रतिशत सन्दीपलाई खेल्न पठाउँछौँ ।'





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया